You are viewing the translated version of जीवनाशक विषादीको कारोबारको अभिलेख राख्ने र विवरण केन्द्रमा पठाउने.

Rule 26
जीवनाशक विषादीको कारोबारको अभिलेख राख्ने र विवरण केन्द्रमा पठाउने
(१) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, /प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने व्यक्ति, संस्था वा निकायले प्रत्येक आर्थिक वर्षमा आफूले कारोबार गरेको जीवनाशक विषादीको नाम, परिमाण, मूल्य र पैठारी गरिएको भए पैठारी गरिएको देश,उत्पादकको नाम र ठेगाना, खरिद गर्ने व्यक्तिको परिचय खुल्ने विवरण तथा कारोबार भएको जीवनाशक विषादीको नाम, समूह र परिमाणको तथ्याङ्क समेत उल्लेख गरी अनुसूची-१४ बमोजिमको ढाँचामा प्रत्येक महिना अद्यावधिक गरी राख्नु पर्नेछ।

(२) उपनियम: (१) बमोजिमको विवरण प्रत्येक वर्षको भदौ मसान्तभित्र वा केन्द्रले माग गरेमा जुनसुकै बखत केन्द्रलाई: उपलब्ध गराउनु पर्नेछ।